यूनाइटेड इन्स्योरेन्सले ऊँ कृषि फर्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईहरुको क्षतिपूर्ति वापत रकम प्रदान गरेको छ।
कम्पनीका तर्फबाट कामु नायब महाप्रवन्धक जीवन कुमार उप्रेतीले बिमितको तर्पmबाट बाबुराम कार्कीलाई ५८ लाख ९५ हजार रुपैयाँ क्षतिपुर्ति वापतको चेक रकम हस्तान्तरण गरे।
बिमितको तर्फबाट बाबुराम कार्कीले बीमा वापतको क्षतिपूर्ति रकम सहज र सरल प्रकृयाबाट पाएकोमा कम्पनीलाई धन्यवाद दिदै खुसी प्रकट गरे।