सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरामाइ गाउँपालिका वडा नं ६ का वडा सचिव दीपक खनाललाई आज पक्राउ गरेको छ ।
आयोग क्षेत्रीय कार्यालय मकवानपुरबाट खटिएको टोलीले सेवाग्राहीलाई आफ्नो डेरामा बोलाएर खनालले रु ३० हजार घुस लिँदै गरेको अभियोगमा पक्राउ गरिएको आयोगका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। बाल विकास कोषको रु ९२ हजार निकासा गर्न सामाजिक परिचालक सतार मियाँसँग खनालले घुस मागेको आरोप लगाइएको छ। रासस