डावर नेपाल प्रा. लि. आयुर्वेद र प्राकृतिक स्वास्थवर्दक कम्पनीले आफ्नो सेवा प्रारम्भ गरेको २५ वर्ष पुगेको उपलक्ष्यमा रजतजयन्ती मनाएको छ । सन् १९८४ मा श्री एस के वर्मनले स्थापना गर्नुभएको डावर अहिले आयुर्वेदिक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रुपमा स्थापित भएको छ ।
डावरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादनहरु केन्द्रहरु छन् । नेपाल सहित विश्वका ७ राष्ट्र युनाइटेड अरव इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, वंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा यसका उत्पादन केन्द्रहरु छन् ।
डावरका उत्पादनहरु विश्वका १२० राष्ट्रका ६० लाख पसलहरुमा उपलब्ध छन् ।
“सम्पूर्ण घरपरिवारको स्वास्थ्य र गुणस्तरप्रति समर्पित ” भन्ने मूल मन्त्रका साथ डाबर नेपाली बजारमा प्रवेश गरेको थियो । तत्पश्चात् तदारुकताका साथ प्रत्यक्ष रुपमा नेपाली बजारमा १००० भन्दा बढी रोजगारी प्रदान गर्ने तथा अप्रत्यक्ष रुपमा २०००० भन्दा बढी रोजगारी प्रदान गरिरहेको छ ।
जस्ले नेपाल सरकार समक्ष आफ्नो सकारात्मक छवि कायम गर्न सक्षम रहेको छ । १९९२ मा शुरुवातमा ५३ लाख बार्षिक कारोबार रहेको यस कम्पनीले हाल आएर १००० करोड भन्दा बढी बार्षिक कारोबार गरीरहको छ । डावरका उत्कृष्ट उत्पादनहरुमा रियल, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर आयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका साथै अन्य थुप्रै उत्पादनहरु रहेका छन् ।
नेपालमा डावर नेपालको स्थापना सन् १९८९ मा भएको थियो र व्यापारिक उत्पादन सन् १९९२ बाट शुरु भएको थियो ।
डावर सामाजिक तथा आर्थिक विकास, बैज्ञानीक उत्पादनमा मात्र क्रियाशील नभइ खेलकुद, शिक्षा, संस्कृति, संरचना, स्वास्थ्य तथा वातावरणीय संरक्षण क्षेत्रमा पनि क्रियाशील रहेको छ ।