मोइन अलीको उत्कृष्ट बलिङको सहयोगले दक्षिण अफ्रिकालाई २ सय ११ रनले इङ्ल्यान्डले पहिलो टेस्टमा पराजित गरेको छ।
लर्डसमा भएको पहिलो टेस्टको चौथो दिन आइतबार राती अफ स्पिनर मोइनले दोस्रो इनिङमा ५३ रन खर्चेर ६ विकेट लिए। उनले दुवै इनिङमा १ सय १२ रन खर्चेर १० विकेट लिएका थिए।
अफ्रिकाले दोस्रो इनिङमा जितका लागि ३ सय ३१ रनको लक्ष्य पाएको थियो। तर, मोइनको घातक बलिङका कारण १ सय १९ रनमै अल आउट भयो।
यसअघि १ सय १९ रनमा १ विकेट मात्र गुमाएको इङ्ल्यान्ड २ सय ३३ रनमा खुम्चिएको थियो। जोनी बियरस्ट्रोले मात्र ५१ रन बनाएका थिए।
सात टेस्टको शृंखलामा इङ्ल्यान्डले १–० को अग्रता बनाएको छ। जोए रुटको कप्तानीमा इङ्ल्यान्डको यो पहिलो टेस्ट थियो। दोस्रो टेस्ट शुक्रबारदेखि टे«न्ट ब्रिजमा सुरु हुनेछ। बच्चाको जन्मका कारण अफ्रिकी कप्तान फाफ डु प्लेसिस घर गएका थिए। उनी दोस्रो टेस्ट अगाडि इङ्ल्यान्ड फर्किने छन्।
पहिलो टेस्टमा इङ्ल्यान्डले पहिलो इनिङमा ४ सय ५८ र दोस्रो इनिङमा २ सय ३३ रन बनाएको थियो। दक्षिण अफ्रिकाले पहिलो इनिङमा ३ सय ६१ र १ सय १९ रन बनायो।