भारतीय क्रिकेटका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुनको क्रिकेट भविस्य राम्रो देखिन थालेको छ। १७ वर्षीय अर्जुन अलराउन्डरको भूमिकामा खेल्ने गर्छन्। उनी तीब्र बलिङ गर्न माहिर छन्।
यतिबेला उनको भविस्यलाई लिएर अनेकौ अड्कलबाजी चलिरहेको छ। उनले भर्खरै इङ्ल्यान्डमा अभ्यासका क्रममा नेट्समा इङ्लिस ब्याट्सम्यान जोनी बेयरस्ट्रोलाई उत्कृष्ट योर्कर बल फ्याँकेका थिए। जसका कारण बेयरस्ट्रो घाइते बन्न पुगेका थिए।
दक्षिण अफ्रिकाविरुद्ध टेस्टभन्दा अगाडि नेट प्राक्टिसमा सचिनका छोराले इङ्लिस ब्याट्सम्यानलाई बल फ्याँकेका थिए। त्यो चोट त्यति ठूलो थिएन्। त्यसैले बेयरस्ट्रो पहिलो टेस्टका लागि मैदानमा उत्रिँएका थिए।
बेलायतको चर्चित डेली मेल पत्रिकाले सचिनको छोराको खेलको तारिफ गरेको छ। अर्जुनले पहिलो पल्ट इङ्लिस खेलाडीलाई बलिङ गरेका होइनन्। उनले यसअघि पनि अभ्यास गरिसकेका छन्। सचिनको लर्ड्समा घर पनि छ। उनी प्रायः लर्डसको ऐतिहासिक मैदानमा अभ्यास गर्दै गरेको देखिने गरेका छन्।
गत वर्ष अर्जुन इन्टर जोनल प्रतियोगितामा पश्चिमी क्षेत्रबाट युथ–१६ टिममा छानिएका थिए। पाकिस्तानका पूर्व चर्चित बलर वासिम अक्रमले पनि अर्जुनलाई बलिङको टिप्स दिइसकेका छन्। अक्रम जस्तै अर्जुन पनि देब्रे हातबाट बलिङ गर्छन्।