झापा जिल्लाको कमल गाउँपालिकाको अध्यक्ष पदमा एमाले र कांग्रेसका उम्मेदवारले बराबर मत पाएका छन्।
भर्खरै सकिएको गणना अनुसार एमाले उम्मेदवार मेनुका काफ्ले र कांग्रेस उम्मेदवार हुकुमसिंह राई दुवैले ८२७५ मत पाएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
दुवैको मत बराबर भएपछि अब गोलाप्रथा वा पुनः गणना के गर्ने निर्णय गर्न वैठक बसिरहेको छ। बैठकको निर्णयपछि प्रक्रिया अघि बढाएर अध्यक्ष पदको विजयी घोषणा गरिनेछ।