सोमबार बिहान २ बजेसम्म कुल ३३४ स्थानीय तहमध्ये २२८ को मतपरिणाम आइसकेको छ।
हालसम्म एमालेले २३ नगरपालिका र ७८ गाउँपालिका गरी १०१ स्थानीय तहमा जित हासिल गरेको छ।
त्यस्तै ४४ स्थानमा उसको अग्रता कायम छ।
एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले हालसम्म ३० नगरपालिका र ५९ गाउँपालिका गरी ८९ स्थानमा जित्न सफल भएको छ। उसले ४१ स्थानमा अग्रता लिइरहेको छ।
नेकपा माओवादी केन्द्रले हालसम्म ५ नगरपालिका र २६ गाउँपालिकासहित ३१ स्थानमा जित हासिल गरेको छ। उसले ९ स्थानमा अग्रता लिइरहेको छ।
नतिजा आएका २२८ मध्ये संघीय समाजवादी फोरमले ५ गाउँपालिकामा जितेको छ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले प्यूठानको झिमरूक र मल्लरानी गाउँपालिकामा जित हासिल गरेको छ।
नवलपरासीको सरावल गाउँपालिका र सुनसरीको दुहवी नगरपालिका गरी दुई स्थानमा फोरम लोकतान्त्रिक विजयी भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि झापाको कचनकवल गाउँपालिकाबाट दोस्रो चरणको निर्वाचनमा आफ्नो खाता खोलेको छ। पहिलो चरणमा पनि उसले धादिङको रुबीभ्यालीमा मात्र जितेको थियो।