दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरमले बाँकेको नरैनापुर गाउँपालिकाबाट आफ्नो खाता खोलेको छ।
फोरमका इश्तियाक अहमद साहले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई हराएका निर्वाचन अधिकृत गोर्खबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।
त्यस्तै उपाध्यक्षमा पनि फोरमकै जयन्ती देवी श्रीवास्तवले जितेकी छन्। उनले आफ्नी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सुनितादेवी यादवलाई पराजित गरेको हुन्।