असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचनको ११ स्थानीय तहको अन्तिम मत परिणाम आएको छ।
नतिजा आएका ११ तहमध्ये एमालेले ६ वटामा जित हासिल गरेको छ। त्यस्तै नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानमा जित हात पारेको छ।
एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित बझाङको मष्टा, बाजुराको पाण्डवगुफा , खोटाङको जन्तेढुंगा, बाजुराको गौमुल र बैतडीको पन्चेश्वर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा जित हात पारेको हो।
काँग्रेसले बाजुराको छेडदह, बझाङको काँडा, संखुवासभाका चिचिला र सिलिचोङ गाउँपालिकामा जित हात पारेको छ।
माओवादीले भने सोलुखम्बुको लिखु पिके गाउँपालिकामा जित हात पारेको छ।