बर्दियाको मधुवन नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता सुरुआती अग्रता लिएको छ।
नगरपालिकाको वडा नम्बर १ को ६३८ मत गनिसक्दा माओवादीले मेयरमा २८० मत र उपमेयरमा २७८ मत पाएको मुख्य निर्वाचन अधिकृत भिम बहादुर कुँवरले सेतोपाटीलाई जानकारी दिए।
त्यस्तै माओवादी केन्द्रलाई पछ्याउँदै कांग्रेसका उम्मेदवारले मेयर पदमा २३१ मत ल्याएका छन् भने उपमेयरमा २३६ मत ल्याएका छन्। एमाले उम्मेदवारले मेयरमा १०१ र उपमेयरमा ९७ मत पाएका कुँवरले ले बताए।
कुँवरका अनुसार मधुवनमा कूल २१७९० मत खसेको हो।