पाँचथरको तुम्बेवा गाउँपालिकामा राप्रपासँग गठबन्धन गरेको नेपाली कांग्रेसले अग्रता लिएको छ।
हालसम्म १५४ मत गणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसले ६४ मत पाएको छ भने एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले ४२ मत पाएको निर्वाचन अधिकृत गणेश तिमिल्सीनाले सेतोपाटीलाई जानकारी दिए।
त्यस्तै उपाध्यक्षमा माओवादी-एमाले गठबन्धनले ४६ मत पाएको छ भने कांग्रेस-राप्रपा गठबन्धनले ४१ मत पाएको तिमिल्सीनाले बताए। हाल वडा नम्बर १ को मतगणना भइरहेको छ।