सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
हालसम्म २०० मत गणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसले ६७ मत पाएको छ भने माओवादी केन्द्र १ मतले मात्र पछाडि हुँदै ६६ मत पाएको छ। त्यस्तै एमालेले ३८ मत पाएको लिखु पिकेका निर्वाचन अधिकृत रामप्रसाद वाग्लेले सेतोपाटीलाई जानकारी दिए।
उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसकै अग्रता छ। कांग्रेसलर् ६५ मत पाउँदा माओवादीले ६२ र एमालेले ४८ मत पाएको वाग्लेले जानकारी दिए।
लिखु पिकेमा कूल २८५७ मत खसेको थियो।