आज भएको दोस्रो चरणको निर्वाचनमा ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। बुधबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ७०.५ प्रतिशत मत खसेको जनाकारी दिए। उनले यो प्रतिशत अझै बढ्न सक्ने बताए।
३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ७०.५ प्रतिशत मत खसेको छ। सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए।
हेर्नुहोस् भिडियोमा
https://www.youtube.com/watch?v=ME7NhyTMgrY