रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ ।
उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए।
नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो। दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो। रुपन्देहीका अन्य स्थानमा भने आज नै मतदान हुँदैछ।
जिल्लामा चार लाख ६२ हजार मतदाता छन् भने उम्मेदवार चार हजार ४२४ जना छन्। रासस