श्रीलंकाका तीब्र बलर लासिथ मलिङ्गामाथि अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही हुने भएको छ।
मलिङ्गाले लगातार अनुबन्धको नियम तोडेको र खेलमन्त्री दयासिरी जयासेकराविरुद्ध आपत्तिजनक बयान दिएको आरोपमा अनुशासनको कारबाही हुने भएको हो। श्रीलंकाली क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा श्रीलंकाली बलरले दुई पल्ट सम्झौताको उल्लङ्घन गरेको र बोर्डका मुख्य कार्यकारी अधिकारीको अनुमति बिना मिडियामा आपत्तिजनक प्रतिक्रिया दिएको आरोप लगाइएको छ।
बोर्डले १९ र २१ जुनमा गरि दुई पल्ट सम्झौताको नियम तोडेको बताएको छ। खेलमन्त्रीको विषयमा दिएको ‘बादर’ को बयानलाई लिएर उनीमाथि तीन सदस्यीय छानवीन कमिटी गठन भएको थियो।
उनलाई अनुशाषनको कुन नियमअनुसार कार्यवाही हुने हो, यसको निर्णय कार्यकारी समितिले लिनेछ।