बलिउड अभिनेता शाहिद कपुरले घर छोडेका छन्। घर छोडेर उनी अहिले मुम्बइमा गोरेगावस्थित पाँच तारे होटलमा बस्न थालेका छन्।
तर, उनी आफ्नो घरमा केही समस्या परेर बाहिरिएका भने होइनन्। निर्देशक संजय लीला भन्सालीको फिल्म 'पद्मावती' का लागि उनी होटलमा सरेका हुन्।
'पद्मावती' को सुटिङमा निकै व्यस्त भएका शाहिद फिल्म सिटी नजिकैको होटलमा बस्न थालेका हुन्।
फिल्ममा राजा रावल रतन सिंहको भूमिका निभाएका शाहिदले सुटिङ तीव्र गतिमा चलिरहेकाले सजिलै गर्न सकियोस् भन्दै नजिकै सरेका हुन्।
आफ्नो घरबाट दैनिक फिल्म सिटी आउन-जान मात्र शाहिदको ४ घण्टा समय सकिन्थ्यो। सेटमा बिहान चाँडै पुग्नपर्ने, रातिसम्म सुटिङ चल्ने र फिट रहन पनि समय निकाल्न पर्न हुनाले उनले आउन-जानमा खर्च हुने ४ घण्टा बचाउन केही समयका लागि सरेका हुन्।
कलाकारद्वय दीपिका पादुकोण र रणवीर सिंहले 'पद्मावती' का लागि फिल्म सिटी नजिकै घर लिएका छन्।