भोजपुरी फिल्मकी अभिनेत्री प्रियंका महाराज घाइते भएकी छन्। सडक दुर्घटनामा परी घाइते भएकी उनी हाल अस्पतालमै छन्।
उनको टाउकोमा गम्भीर चोट लागेकाले सात टाँका लगाइएको छ। आइतबार बाटो काट्दै गर्दा उनलाई कारले ठक्कर दिएको थियो।
ठक्करपछि उनी सडकमा लडेकी थिइन र उनको टाउकोमा चोट लागेको थियो। त्यहाँ उपस्थित मानिसले उनलाई अस्पताल लगेका थिए।
उनका फ्यानहरुले सामाजिक संजालमा उनको स्वास्थ्य लाभको कामना गरेका छन्।