सबैजसो जिन्स पाइन्टमा सानो गोजी बनाइएको हुन्छ। महिलाहरुका लागि आजभोलि आउने विभिन्न डिजाइनमा बाहेक अधिकांशमा यस्तो गोजी हुन्छ।
सामान्यतया हामी यसमा सिक्का, चाबी, पेन ड्राइभ जस्ता साना सामान राख्छौं।
तर, यो गोजीको खास प्रयोजन अर्कै छ।
यो खासमा 'पकेट वाच (गोजी घडी)' राख्न बनाइएको हो।
सबैभन्दा पुरानो जिन्स कम्पनी लेभिसले आफ्नो ब्लगमा यसबारे जानकारी दिएको थियो।
उक्त ब्लगका अनुसार विश्वकै पहिलो ब्लु जिन्समा ४ गोजी थिएः एक पछाडि, दुई अगाडि र र एक सानो।
पहिलेका मानिसहरु सिक्री भएको घडी बोक्थे। यो सहज तरिकाले राख्न भनेर जिन्स पाइन्टमा सानो गोजी बनाइएको थियो।
तर लेभिसले आफ्नो ब्लगमा अहिले यसको प्रयोग र औचित्य दुवै पूर्ण परिवर्तन भएको बताएको छ।