जेसिआई नेपालको आयोजनामा नेपालमा पहिलो पटक जेसिआई सउथ एसिया बिजनेस एण्ड इन्भेष्टमेन्ट मिट २०२५ आयोजना हुने भएको छ।
यो कार्यक्रम साउन १८ गते ठमेलस्थित होटल अलफ्ट, काठमाडौंमा आयोजना गरिनेछ।
कार्यक्रमको उद्देश्य दक्षिण एसियाका उद्यमीहरू, लगानीकर्ता, व्यवसायिक नेताहरू तथा नेपालका स्टार्टअपहरूबीच नेटवर्किङ, लगानीका अवसरहरूको पहिचान र साझा सहकार्यको माध्यमबाट दिगो आर्थिक विकासमा टेवा पुर्याउनु हो।