भुलक्ष्मी ग्रुपले नेपाली बजारमा पहिलो पटक भिटामिन सी फिल्टर भएको टेस्ला ब्राण्डको एयरकण्डिसनर बजारमा ल्याएको छ।
भिटामिन सी फिल्टर भएको एसीले विशेषगरी बच्चाहरुका लागि सुहाउँदो वातावरण बनाइदिने र छालालाई असर नगर्ने बताइएको छ।
टेस्लाले गतवर्षको अन्त्यतिर सबै प्रकारका एयर कण्डिसनरमा ३० प्रतिशतसम्मको समर कर्पोरेट डिस्काउण्ट अफर समेत ल्याएको थियो।
त्यस अवसरमा पनि धेरैले एसी खरिद गरेको र निकै सन्तुस्ट भएको भुलक्ष्मी ग्रुपका प्रवन्ध निर्देशक किरण आचार्यले बताए।
‘आकर्षक अफर र गुणस्तरमा कुनै सम्झौता नगरिने भएकाले ग्राहकहरु माझ टेस्ला एसीको माग बढेको हो’ उनले भने।
नेपाली बजारमा पहिलो पटक भित्रिएको भिटामिन सी फिल्टर भएको टेस्ला ब्राण्डको एयरकण्डिसनरलाई ग्राहकहरुले मन पराउने प्रवन्ध निर्देशक आचार्यले विश्वास व्यक्त गरे।
टेस्ला ब्राण्डका एयरकण्डिसनरहरु ४५ हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मका रहेका छन्। जापनिज कम्प्रेसर भएको टेस्ला एसी टिकाउ र भरपर्दो रहेको कम्पनीको दावी छ। छिट्टै अन्य जिल्लाहरुमा समेत अफरका साथ यसलाई विक्री वितरण हुने प्रवन्ध निर्देशक आचार्यले जानकारी दिए।
टेस्लाको आधिकारिक डिलरहरु काठमाडौं, चितवन, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, कावासोती, वीरगन्जलगायतका स्थानहरुमा रहेका छन् ।