बलिउड अभिनेत्री करिश्मा कपुर र संजय कपुरको छोडपत्र भइसकेको छ। संजयले पुनः विवाह पनि गरिसके। अब करिश्माले पनि विवाह गर्न सम्भावना देखिएको भारतीय समाचारमाध्यमले जनाएका छन्। खबरअनुसार उनले चाँडै आफ्ना प्रेमी सन्दीप तोषनीवालसँग विवाह गर्न आँटेकी छन्।
उनीहरुको विवाह अदालतको फैसलाले अड्काएको बताइएको छ। सन्दीपकी पहिली श्रीमतीसँग छोडपत्रका लागि अदालतले आगामी जुलाई २१ मा सुनुवाइ गरेपछि करिश्मा र सन्दीपले विवाह गर्न सक्नेछन्।
करिश्मा र सन्दीपले आधिकारीकरुपमा सम्बन्ध नस्वीकारे पनि उनीहरुलाई धेरै पटक पारिवारीक जमघटमा निकट भएको देखिएको छ। समाचारमाध्यमहरुले सन्दीपले चाँडै करिश्मालाई विवाहको प्रस्ताव गर्न लागेको पनि उल्लेख गरेका छन्।