भारतको प्रारम्भिक जोडी शिखर धवन र अजिङ्क रहाणेले १ सय ३२ रनको सतकीय साझेदारी गरे पनि वेष्ट इन्डिजविरुद्ध पहिलो एकदिवसीय वर्षाले बिथोलेको छ।
शुक्रबार राती वेष्ट इन्डिज भ्रमणमा रहेको भारत पहिलो खेलका लागि मैदानमा उत्रिँएको थियो। जसमा रोहित शर्मालाई ड्रप गरेको भारतका लागि रहाणे प्रारम्भिक ब्याटिङ गर्न उत्रिँएका थिए। उनले ६२ रन बनाए। शिखरसँग लगातार दोस्रो सतकीय साझेदारी गरेका रहाणेले ८ चौका प्रहार गरेका थिए। शिखर ८७ रनमा आउट भए। कप्तान विराटले अविजित ३२ र महेन्द्रसिह धोनी ९ रनमा थिए। यति नै बेला ३९ दशमल २ ओभरमा दोस्रो पल्ट पानी परेपछि खेल रद्ध भएको थियो।
यसअघि युवराज सिंह ४ रनमा आउट भए। भारतले ३ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो।