इङ्ल्यान्डलाई रोमाञ्चक खेलमा ३ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले ३ टि–२० को शृंखलालाई १–१ को बराबरीमा पुर्याएको छ।
टाउटनमा भएको दोस्रो टि–२० मा अफ्रिकाले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले जेसोन रोए (६७) र जोनी बेयरस्ट्रो (४७) को १ सय १० रनको साझेदारीमा खेलमा पकड बनाइसकेको थियो। तर, बेयरस्ट्रो क्याच र रोए विवादास्पद ‘अब्स्ट्रक्सन अफ द फिल्ड’ को निर्णयमा आउट भएपछि खेलले अर्को मोड लियो।
इङ्ल्यान्डलाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। तर, लियाम डाउसन अन्तिम बलमा रन लिन चुकेपछि इङ्ल्यान्ड २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रनमा खुम्चियो।
डेब्यु खेलमा टम कुरानले ३३ रनमा ३ विकेट लिएपछि इङ्ल्यान्डले पहिलो इनिङमा अफ्रिकालाई ८ विकेटको क्षतिमा १ सय ७४ रनमा रोकेको थियो। अफ्रिकी कप्तान एबी डीभिलियर्सलको टोलीले दुई दिनअघि साउथहाम्पटनमा भोगेको ९ विकेटको क्षतिको तुलनामा सुधारिएको प्रदर्शन गर्यो। डीभिलियर्सले ४६ रन बनाए। स्मुट्सले ४५ रन बनाए।
अब निर्णायक खेलका लागि दुवै टोली कार्डिफमा भिड्ने छन्।