नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका (अत्तरिया) लाई जोडेर महानगरपालिका बनाउन सकिने बताएका छन्।
तर, यसका लागि दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको बताउँदै उनले भने, 'केही समय मेहनत गरे धनगढी–अत्तरियालाई जोडेर सुदूरपश्चिमकै नमुना महानगरपालिका बनाउन सकिने सपना मैले देखेको छु ।'
धनगढी उपमहानगरपालिकाको फूलबारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेला सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरेको र अहिले प्रधानमन्त्री हुँदा पनि पञ्चेश्वर परियोजना, महाकालीमा पक्की पुल, सुख्खा बन्दगाह, पश्चिम सेती, हुलाकी मार्गजस्ता ठूला परियोजनाको निर्माण प्रक्रिया अगाडि बढाएको बताए। रासस