रोहित शर्मालाई विश्राम दिएको भारतले आजदेखि वेष्ट इन्डिजविरुद्ध सुरु हुने एकदिवसीय शृंखलामा प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा अजिङ्क रहाणेलाई उतार्ने भएको छ।
रहाणेले शिखर धवनसँगै भारतीय इनिङको सुरुवात गर्नेछन्। भारत र वेष्ट इन्डिजबीच पाँच एकदिवसीय शृंखलाको सुरुवात आजदेखि हुँदैछ। रहाणेलाई खेलमा उतारेपछि ऋषभ पन्तले मध्यक्रममा मौका पाउने सम्भावना कम छ।