गत आइतबार बलिउड अभिनेता शाहरूख खान स-परिवार मुम्बईको एक रेष्टुरेन्टको ओपनिङ पार्टीमा गएका थिए। तर, त्यहाँ सबैको नजर शाहरूखमा नभएर उनकी छोरी सुहानामा थियो।
डिजाइनर कपडामा आर्कषक देखिएकी सुहानालाई देखेपछि पार्टीमा उपस्थित सबैले उनको र उनले लगाएको लुगाको चर्चा गरेका थिए।
उक्त पार्टीमा सुहानाले बुवा शाहरूखसँग गरेको फोटोसुट अहिले सामाजिक सञ्जालमा चर्चित छ । सुहानाले त्यसदिन सुन्तला रङको टल्कने छोटो वानपीस लगाएकी थिइन्। उनले लगाएको लुगाको मूल्य करिब एक लाख रुपैयाँ परेको भारतीय समाचारमाध्यमले जनाएका छन्।
१७ वर्षीय सुहाना चाँडै बलिउडमा प्रवेश गर्ने तयारीमा छन्।
शाहरूख पत्नी गौरीले डिजानइन गरेको उक्त अर्थ रेष्टुरेन्ट ओपनिङ पार्टीमा अभिनेत्री आलिया भट्ट, सोनम कपुर, अभिताभ बच्चनकी छोरी स्वेता र मलाईका अरोरा खान पनि सामेल थिए।