च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा निरासाजनक बर्हिगमनपछि इङल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध ३ वटा टि–२० शृंखलाको पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ।
साउथहाम्पटनमा भएको पहिलो खेलमा अफ्रिकी टोलीलाई ९ विकेटले पराजित गर्ने क्रममा इङलिस टोलीले दह्रो सुरुवात गर्यो। सुरुमा प्रभावशाली बलिङले अफ्रिकालाई ३ विकेटको क्षतिमा १ सय ४२ रनमा रोकेको इङ्ल्यान्डले १४ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा जित सम्भव पार्यो।
अफ्रिकाले कप्तान एबी डीभिलियर्स (अविजित ६५) र फरहान बेहरडिन (अविजित ६४) को १ सय १० रनको सतकीय साझेदारीका बाबजुद ठूलो स्कोर बनाउन सकेन्। इङ्ल्यान्डले भने ३५ बलमा अविजित ६० रन बनाएका जोनी बेयरस्ट्रो र एलेक्स हल्सको अविजित ४७ रनको सहयोगमा ५ दशमलव ३ ओभरको खेल हुन बाँकी रहँदा जित सम्भव पार्यो।
दोस्रो खेल शुक्रबार हुनेछ।