भारतीय क्रिकेटका एक २५ वर्षीय युवाले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतको लज्जास्पद हारपछि आत्महत्या गरेका छन्। बंगलादेशका २५ वर्षीय बिधुत नाम गरेका युवाले भारतको पराजयपछि चलिरहेको ट्रेनको अगाडि हाम्फालेर आत्महत्या गरेका हुन्।
पाकिस्तानले च्याम्पियन्स ट्रफीको फाइनलमा आइतबार राती भारतलाई १ सय ८० रनले पराजित गरेको थियो। बंगलादेशमा प्रकासित हुने ‘ढाका ट्रिब्युन’ पत्रिकाले स्थानीय पुलिस अधिकारी नसिरुल इस्लामको भनाईलाई उदृत गर्दै लेखेको छ, भारतीय क्रिकेट प्रसंसक बिधुतले ट्रेन अगाडि हाम्फालेर हत्या गरेका छन्। बिधुत जमालपुर निवासी भएको बताइएको छ।