नेपाल र यमनबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको छ। यमनका मिडफिल्डर मोहम्मद नबिलले खेल सुरु भएको ११ मिनेटमा गरेको दुईवटा राम्रो प्रहारलाई नेपाली गोलरक्षक किरण चेम्जोङले बचाऊ गरेका थिए।
नेपालले यसपछि गोलको दुईवटा प्रयास बनाएको थियो। तर, दुवै पल्ट यमनी डिफेन्डरले नेपाललाई रोकेका थिए।