शान्तिमन्त्री सीतादेवी यादवले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने आफ्नो चाहना अधुरै रहेको बताएकी छन्।
मन्त्री यादवले दश वर्षे सशष्त्र द्वन्द्वका पीडितलाई न्याय दिन आफूले सक्दो प्रयास गरेको दावी समेत गरिन्। आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले शान्ति सबैले चाहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न नयाँ सरकार सक्षम हुने विश्वास पनि व्यक्त गरिन्।
मन्त्री यादवले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन आफूले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गरेको पनि स्पष्ट पारिन्। उनले द्वन्द्वकालमा ज्यान गएका र वेपत्ता भएकाका परिवारलाई आफूले ५ लाख रुपैयाँ उपलब्ध गराएको पनि उल्लेख गरिन्।
मन्त्री यादवले द्वन्द्वकालमा विस्थापित भएकालाई थप २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने काम गरिएको पनि स्मरण गराइन्। मन्त्री यादवले सरकारले द्वन्द्वका क्रममा ध्वस्त भएका देशभरका सबै संरचनाहरुको निर्माण कार्य सुरु गरिएको पनि उल्लेख गरिन्।