नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामदेखिनै गगन थापाले अग्रता कायमै राखेका छन्।
दोस्रो स्थानमा विश्वप्रकाश शर्माले अग्रता बढाएका छन्। सुरूआती गणनाबाटै अग्रतामा दोस्रो स्थानमा रहेका विश्वप्रकाशले १०७५ मत गणनामा ४३४ मत पाएका छन्। तेस्रो स्थानमा रहेका प्रदीप पौडेलले ३४२ मत पाएका छन्।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
१०७५ मतगणनामा
- गगन कुमार थापा ६७३
- विश्व प्रकाश शर्मा ४३४
- प्रकाश शरण महत ३५३
- प्रदिप पौडेल ३४२
- मिनेन्द्र रिजाल १९४
- राजाराम कार्की ३८
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।