नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। अहिलेसम्मको मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।
९०० मत गन्दा गगनले ५५९ मत पाएका छन्।
दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
९००मतगणनामा
- गगन कुमार थापा ५५९
- विश्व प्रकाश शर्मा ३५७
- प्रदिप पौडेल ३००
- प्रकाश शरण महत २९७
- मिनेन्द्र रिजाल १५३
- राजाराम कार्की ३१
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।