नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।
६०० मत गन्दा गगनले ३८९ मत पाएका छन्।
दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच तिब्र प्रतिश्पर्धा देखिएको छ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
६०० मतगणनामा
- गगन कुमार थापा ३८९
- विश्व प्रकाश शर्मा २२९
- प्रदिप पौडेल २०६
- प्रकाश शरण महत १९३
- मिनेन्द्र रिजाल १०८
- राजाराम कार्की १८
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।