नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदतर्फ अहिलेसम्म ३५५८ मत गन्न सकिएको निर्वाचन समितिले जनाएको छ।
अहिलेसम्मको मत परिणामअनुसार पूर्णबहादुर खड्काको अग्रता कायमै छ। खड्काले १६३४ मत ल्याएका छन्। दोस्रो स्थानमा भने धनराज गुरूङलाई पछि पार्दै विजय गच्छदारले १४४३ मत ल्याएका छन्।
गुरूङ १४३७ मतसहित तेस्रो स्थानमा छन्। चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन्।
गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।
कांग्रेस विधानअनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा धेरै पछाडि छन्।