नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति छान्न अहिले मतगणना भइरहेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको थियो।
अहिलेसम्म ६०० मत गणना हुँदा सबैभन्दा धेरै धनराज गुरूङले २५८ मत ल्याएका छन्। पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले २४६/२४६ मत ल्याएका छन्।
चन्द्र भण्डारीले २१५ मत ल्याएका छन्।
एक मतदाताले उपसभापतिमा दुई जना उम्मेदवारलाई भोट हाल्न पाउँछन्।
कांग्रेस विधानअनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।