बुबाको देहावसान उपरान्त आमाले कहिले पनि आफ्नो शरीरलाई रातो रङको लुगाले शृङ्गार्नु भएन। धमिलो यादहरू बेस्सरी आउँछ, मेरो आमाको मन पर्ने रंग रातो थियो। रातो भनेपछि हुरुक्कै हुनुहुन्थ्यो।
सायद त्यहीँ भएर होला छिट्टै खोसियो रातो रङ मेरो आमाको जीवनबाट। हुनु त त्यो खोसाई कुनै आधिकारिक ठाउँबाट बनेको ऐन कानुनबाट बनेको थिएन। र पनि सभ्य समाजले निर्माण गरेको नियम पालन गर्नु नै पर्यो। नियम पालन गर्नु, अनिवार्य पनि हो भन्न सकिन्छ। यदि समाजको बर्खिलापमा उभियो भन्यो छि: छि: दूर दूरको पात्र बन्ने निश्चित छ।
मेरो बा र आमाको उमेर लगभग बराबरीको थियो। उमेर पुगेर विवाह भयो। बालिग भएपछि नै भएको थियो रे विवाह। उहाँहरूको दाम्पत्य जीवन पुग नपुग डेढ दशकको थियो। विवाह भयो। केही सन्तान प्राप्ति हुन पुग्यो।
साँच्चै भन्ने हो भने भर्खर जीवन बुझ्न लाग्ने उमेरमा बा बिते। बा बितेपछि धेरै कुरा बित्यो हाम्रो परिवारमा। बा नै थिए प्रमुख हर्ताकर्ता घरको। बा बिनाको घरमा धेरै कुराहरूको अभाव हुन्छ। जुन अभावको भुक्तभोगी म पनि हुँ, आमा बाहेक।
मात्र तीन दशक पार गर्दा भएको बाको मृत्युको कालो छाया ममाथि परेको थियो, जेठो छोराको हैसियतले। बोझ बहुत गह्रुंगो थियो होला त्यो बेला। अहिले केवल कल्पना गर्न सक्छु। बा बित्दा म केवल एघार वर्षको थिएँ। आमाको उमेर भर्खर तीन दशक पूरा भएर ३१ औँ वर्षमा प्रवेश।
बासँगको बिछोडपछि आमा विधवा भइन्। सिउँदोको सिन्दुर पुछिए, नाडी भरिको दर्जन दर्जन रातो चुरा पल्लो घरको आन्टीले सबै फुटाइदिइन्। जतनसँग नाडीमा चोट नपर्ने गरी।
हरदम रंगिबिरंगी लुगा लगाउन रुचाउने मेरो आमालाई सेतो ब्लाउज, सेतो सारीमा सजाए। गाउँलेले, संस्कृतिले, धर्मले, के-के के-केले...। समग्रमा भन्नुपर्दा सामाजिक परिबन्धले।
म सानै थिएँ। त्यस कारण हाम्रो संस्कारअनुसार छेवर अर्थात् व्रतबन्ध नगरेकोले बरखी बस्नु पाइनँ। बाको निम्ति क्रियापुत्री मेरो ठाउँमा आमा बस्नु भएको थियो। बाको मृत्युपछि टुहुरा भएको अभागी छोरा भएँ म अनि आमा बिधुवा।
थुप्रै शुभचिन्तकहरू आए, भरपुर सहानुभूतिको शब्द खर्चेर गए। अलि टाढाको अक्कडे व्यवहारको सज्जनहरूले मलाई बा टोकुवा, आमालाई पोइ टोकुवा भनेर हामीले नसुन्ने गरी कुरा काटे। अरूले सुने पनि हामीले सुनेनौँ।
हुने नै कुरा थियो। तर नहुनू पर्ने बेलामा परिआएकोले हाम्रो सानो परिवार अस्तव्यस्त हुन पुग्यो। सामाजिक हेला, आर्थिक अभाव आदि कुराले निकै पिरोल्यो त्यो बेला, जुन कुराहरू सम्झेर ल्याउँदा मन भारी हुन्छ।
पिरलोलाई पीर मानेर बसेनौँ हामी। बहिनी सानी थिइन्। उनलाई केही थाहा थिएन त्यो बारेमा अर्थात् बाको मृत्युको बारेमा। आमा र मलाई निकै कष्ट परेको थियो। आमा तिरको मामाहरूको सहयोगमा मेरो पढाइ निरन्तरता दिने मौका पाएँ।
आमाले बिस्तारै आफैले आफैलाई समालेर पुनः उहीँ पहिलाको ठाउँमा आफूलाई पुर्याइन्। संसार हेरेर, आफूले जस्तै बेलैमा पति वियोगमा परेको दिदीबहिनीहरूको कारुणिक कथा व्यथा सुनेर आमाले सानोतिनो व्यवसाय थाल्नु भयो।
घरैमा बन्ने शुद्ध अन्नको मदिरा बनाउनु हुन्थ्यो। मदिरा बनाउन चाहिने मर्चा बनाउनु हुन्थ्यो। त्यस्तै-त्यस्तै अनेकन् दुःख खेपेर बहिनी र मलाई स्कुल पठाउनु हुन्थ्यो। आमा मेरो र बहिनीको सुदूर भविष्य सम्झेर खुसी हुने प्रयत्न गर्नु हुन्थ्यो। पुतली जस्ती बहिनीको चुलबुले चालमा आफूलाई ढाल्नु हुन्थ्यो।
पति वियोगको आलो तितो सम्झनाहरूलाई भुल्न निकै प्रयासहरू गर्नु हुन्थ्यो। विडम्बना! सबै प्रयासहरू फेल हुन्थ्यो। फेलको परिणाम मेरो आमाको आँखाको डिलबाट आँसु बनेर बग्थ्यो।
दसैँ आउँथ्यो, दसैँसँगै साथीसंगीका बाहरू परदेशबाट घर आउँथे। बासँगै उनीहरूको लागि के-के आइपुग्थ्यो। तर हाम्रो बा केवल कहिलेकाहीँ सपनामा आउनु हुन्थ्यो। सपनामै भेटेर फर्कनु हुन्थ्यो। ठेगाना बिनाको गाउँमा।
हामी बिस्तारै हुर्कँदै थियौँ। म निमाविमा पढ्ने भइसकेको थिएँ। बहिनी प्राविमा। गाउँमा प्राविसम्मको स्कुल भएको कारण म गाउँदेखि केही टाढाको माध्यमिक विद्यालयमा पढ्दै थिएँ। स्कुल आउने जाने अनि अतिरिक्त समयमा आमाको कामलाई सघाउने गर्थेँ।
छोराछोरीको इमानदारिताले गर्दा आमाले भन्नु हुन्थ्यो बेलाबेला दाजु र बहिनीलाई एकै ठाउँमा राखेर- 'तिमीहरू दुई जना हो मेरो जीवनको बाँच्ने आधार। बाले छोडेर गए पनि मैले सक्दो गरेको छु, बाबुनानी तिमीहरूलाई। पढेर ठूलो मान्छे होइन, राम्रो मान्छे बन्नु पर्छ।'
आमाको कुरालाई ग्रहण गर्थ्यौँ बहिनी र मैले। बहिनी सानै भए पनि उनी आफ्नो उमेरभन्दा परिपक्व भएकी थिई। आमालाई सघाउन सक्ने भइसकेकी थिई।
आमा निकै खुसी हुनुहुन्थ्यो। फक्रँदै गरेको फूल जस्तो छोराछोरीको साथले। समय आफ्नै गतिमा हुइँकी रहेको थियो। त्यहीँ हुइँकाइँमा हामी हुर्कँदै थियौँ।
बा बितेको पाँच वर्ष भइसकेको थियो। म त्यो बेला कक्षा दशमा पढ्दै थिएँ। त्यो वर्ष अरू वर्षहरूभन्दा निकै मेहनत गरेर पढ्दै थिएँ म। दस कक्षाको टेस्ट परीक्षा लाग्दै एसएलसी परीक्षाको निम्ति तयार हुनु पर्थ्यो।
टेस्ट परीक्षामा राम्रै अंक ल्याएर परीक्षामा उत्तीर्ण भइयो। केही समयपछि एसएलसी परीक्षाको मिति तय भयो। परीक्षा सेन्टर गाउँदेखि केही टाढा परेको थियो। निकै मेहेनतको साथ परीक्षामा सामेल भएँ। हप्ता दस दिनमा सक्कियो परीक्षा। अनि फर्किएँ आफ्नै घर। घरमा पुगेर उहीँ पुरानो नियमित घरायसी काममा समर्पित गराएँ आफैले आफैलाई।
आमा खुसी हुनुहुन्थ्यो। सोधनु हुन्थ्यो बेलाबेला, 'कस्तो भयो तिम्रो परीक्षा?'
म जवाफ दिन्थेँ, 'राम्रै भयो आमा।'
पुनः आमाले सोध्नु हुन्थ्यो, 'अब धेरै पढ्न सहर जाने होला है बाबु।'
आमाले गर्नु भएको प्रश्नको उत्तर मसँग थिएन। र त म मौन बसेर जवाफ दिन्थेँ आमालाई।
आमा भन्नु हुन्थ्यो, 'हेर बाबु, पढ्नु पर्छ जसरी भए पनि।'
आमाको यस प्रकारको कुराले मेरो मनमा दृढ़ संकल्पको जन्म हुन्थ्यो। अनि आमालाई भन्ने गर्थँ, 'हुन्छ आमा, जसरी भए पनि म पढ्छु अनि हजुरलाई खुसी र सुखी बनाउँछु।'
एसएलसी परीक्षा दिएको तीन महिनापछि रिजल्ट आयो। रिजल्टमा अनवरत गरेको मेहनतको रंग छाएको थियो। मभन्दा पनि आमा बेसी खुसी हुनुभएको थियो त्यो बेला।
'बाबु, तेरो बाले देखेको थोरै सपना पूरा भएको छ। सायद तेरो बा कतैबाट तैँलेले गरेको मेहनतको फल पाएर हामी खुसी भएको हेर्दै होलान्।'
आमाको त्यस्तो भावुक कुराले मेरो मनलाई चिमोठ्ने गर्थ्यो। त्यो बेला अहिलेको जस्तो प्लस-टु अध्ययन हुँदैन थियो। सक्नेले राजधानी पठाउने गर्थे। नसक्नेले सदरमुकाम जहाँ उच्च शिक्षा हासिल गर्न मिल्ने क्याम्पसको व्यवस्था होस्। त्यसरी नै गरिन्थ्यो शिक्षाको यात्रा।
उच्च शिक्षाको निम्ति आमाले मामासँग सल्लाह गरेर मलाई काठमाडौँ पठाउने कुरा भयो। काठमाडौँ त्यति धेरै टाढा थिएन मेरो जन्म गाउँदेखि। काठमाडौँको छिमेकी जिल्लाभन्दा फरक पर्दैन काभ्रेपलाञ्चोकलाई।
२०५१ साल श्रावणमा काठमाडौँ भित्रिएँ, निकै ठूलो सपनाहरू बोकेर। सपनाहरूको सहर काठमाडौँमा मामाको आफन्त पर्ने कोही हुनुहुन्थ्यो। सुरुको दिनहरूमा उहाँकैमा बसेँ।
मामाको सहयोगले रत्नराज्य क्याम्पस भर्ना गरियो, बेलुकी सिफ्टको क्लासमा। बेलुकीको सिफ्टमा भर्ना गर्नुको कारण थियो, मिले अथवा पाए दिउँसो कहीँकतै काम गर्ने हेतु।
क्लास सुरु भयो। बिस्तारै बिस्तारै सहर सहज भएको महुसुस हुँदै थियो। अहिले जस्तो दूरसंचारको सुबिधा थिएन। सम्झनामा सम्झेर मेटाउने गर्थेँ घर, आमा अनि बहिनीको याद। घर नजिकै भए पनि आउन जान असमर्थ थिएँ म, आर्थिक भारको कारण।
कलेज भर्ना गरेको केही समयपछि मामाको आफन्तले एउटा सानो काम मिलाइदिनु भयो। कमलपोखरीमा थियो मेरो काम गर्ने स्थान। बिहान नौ बजे पुगेर अफिस खोल्ने, झाडुपोछा लाउने अनि अफिसमा साहु आएपछि चिया पकाएर खुवाउने थियो मेरो काम। बुलेकी चार बजे छुटेर पढ्न गइन्थ्यो।
निकै व्यस्त थियो मेरो दिनचर्याहरू। महिनाभरि काम गर्दा आठ सय रुपैयाँ तलब पाउँथेँ। जुन तलबबाट केही छुट्याएर आफन्तलाई बसेको, खाएको बापत दिने गर्थेँ।
रमाइलो थियो दिनहरू। झिलिमिली सहर, सपनाको खोजीमा भिड्दैँ गरेको भिड। त्यहीँ भिडमा हराउँदै गरेको म।
आइए प्रथम वर्षको पढाइ सुरु भएको दुई महिनापछि दसैँ तिहारको छुट्टी भयो। काम गर्ने प्राइभेट अफिसमा लामो छुट्टी हुँदैन रहेछ। दसैँलाई पाँच/सात दिन अनि तिहारमा तीन दिन मात्रै। काम गर्ने ठाउँले दिएको छुट्टी पछ्याउँदै दसैँमा घर आएँ। दसैँभरि घरमै आमा र बहिनीसँग समय बिताएँ। दसैँ राम्रैसँग मनाएँ। अनि पुनः फर्किएँ काठमाडौँ, उहीँ आफ्नो पहिलेको कामको साथ-साथ पढाइलाई अघि बढाउँदै।
पढाइ ठिकै राम्रो थियो। पढाइभन्दा पनि म भित्र सधैँ गुन्जने गर्थ्यो। घरको नाजुक स्थिति। आमाको अविरल मेहनत। कसरी आमालाई सुखी राख्ने भन्ने कुराको मनन।
बहिनी पनि आठ कक्षामा अध्ययनरत थिइन्। आमालाई रामैसँग सघाउन सक्ने भैसकेकी थिई।
अज्ञात छ जीवन। विचित्रको छ यात्रा जीवनको। जे सोचिरहेको हुन्छ त्यो हुँदैनन्। जे नसोचेकोहुन्छ त्यो भैदिन्छ। म पनि अरु-अरु मानिसहरू जसरी नै जीवनको अनुभव अंगाल्दैं यात्रामा तल्लीन थिएँ। जीवनको यात्रामा।
म काठमाडौँ झरेको लगभग वर्ष पुग्दैँ थियो। काठमाडौंको प्रायः ठाउँहरूबारे पूर्ण रुपमा जानकार भैसकेको थिएँ।
चैत्र पूर्णिमा स्वयम्भु र बौद्धमा लाग्ने विशेष तामाङ जात्रा। जुन जात्रामा काठमाडौँ वरिपरिको तामाङहरू प्रायः आउने गर्छ। जात्रा सँग-सँगै परिवारमा मृत्यु भएकाहरूको नाउँमा श्राद्ध गर्ने, मृतकको नाउँमा बत्ती बाल्ने गर्दछ।
२०५१ साल चैत्र पूर्णिमाको दिन आमा काठमाडौँ आउने खबर पाएँ। आमासँगै बहिनी पनि आउने भई।
आमा आउनु भयो। स्वयम्भु र बौद्धमा बत्ती बाल्नु भयो। पितृको नाममा श्राद्ध गर्नु भयो। दुई/चार दिन बस्नु भयो। बसाइँमा काठमाडौँ घुमाएँ। मन्दिर दर्शन गर्न लगेँ। आमा खुसी हुनुभयो। विशेष गरेर हनुमान ढोका, विशाल बजार खुब मन परेको थियो आमालाई। त्यतै कतै घुम्दाघुम्दै आमाको नजर विशेष माडवारीको सारी दुकानमा ठोक्किन पुगेछ।
'हेर बाबु, कति राम्रो सारी!'
सारी हरियो र बैजनी रंगको थियो। जुन रंग आमालाई खुब मन पर्थ्यो, बाको मृत्युपछि।
मैले हो मात्रै भनेर चुपचाप आमाको मुहार हेरी बसेँ किनभने मसँग त्यो सारी किन्न सक्ने पैसा थिएन।
आमाले यस्तो राम्रो ठूलो दुकानहरू पहिलो चोटि देखेको भन्नु भयो।
आमा भन्दै हुनुहुन्थ्यो, 'बाबु चिन्ता नली, पछि पैसा कमाएपछि किनिदिए हुन्छ। अहिले नै किनिदिनु भनेको छैन। किन निन्याउरो अनुहार लगाएको?'
आमाको कुराहरू मेरो मनको पानाहरूमा शिलालेख जस्तै छाप्पिँदै थियो। घुमघामपछि बेलुकी डेरामा फर्कियौँ। आधा रातसम्म अनेक कुराहरू गर्दै बित्यो।
भोलिपल्ट बिहानै आमा र बहिनी गाउँ फर्कनको लागि तयार हुनु भयो। मैले पुरानो बसपार्कसम्म पुर्याएँ। काठमाडौंदेखि बाह्रबिसे जाने गाडीमा चढाएँ। ओर्लनु पर्ने ठाउँसम्मको टिकट काटेर पठाएँ।
म फर्किएँ डेरामा। उहाँहरू लाग्नु भयो गाउँमा, सपनाहरूको सहर काठमाडौँको मिठो सम्झना बोकेर।
समय कुदिरहेका थियो। त्यहीँ कुदाइमा म पनि कुदिरहेका थिएँ। जिन्दगीलाई पुरानो पुरानो बनाउँदै।
म काठमाडौँ पसेको दुई वर्ष भइसकेको थियो। म एक्लै कोठा लिएर बस्न थालेको थिएँ। काम गर्ने ठाउँबाट आएको पैसाले डेरा भाडा र खान पुग्थ्यो। त्यो अन्तरालमा आइएको अध्ययन सक्काइसकेको थिएँ। तर दोस्रो वर्षको रिजल्ट भने आएको थिएन।
काम राम्रै चल्दै थियो। मेरो इमानदारिता देखेर प्रमोसन गरिदिनु भएको थियो साहुले। राम्रै सग चल्दै थियो जिन्दगी। आमा धेरै खुसी हुनुहुन्थ्यो। छुट्टीको बेला म घर आउने जाने गर्थेँ।
जीवन पनि अजीवकै छ अथवा हुँदोरहेछ। जे जस्तोसुकै भए पनि सम्झौता गरेर जिउनु पर्ने। मेरो जीवनको सुरुआत बेसै भए पनि बालपनमा नै बालाई गुमाउनु पर्यो। के कसरी तय गर्यो बा बिनाको बालापन अहिले सम्झिँदा कहाली लागेर आउँछ। बा बिते, बाबाट पाउने माया, भरन, पोषण आमाबाट पाएँ। आमाको त्यो कठोर तपस्याले गर्दा म काठमाडौं जस्तो सपनाको सहरमा बाँच्न सक्ने भएँ।
कति कुराहरू देउतालाई मन पर्दै नकि जस्तो लाग्छ। किनभने जो निर्दो हुन्छ त्यहीँमाथि पटकपटक परीक्षा लिँदो रहेछ जीवनको।
त्यो दिनको सम्झना ताजा छ, मेरो मानसपटलमा रहिरहन्छ होला म बाँचुन्जेलसम्म।
बा बितेको पाँच वर्ष भइसकेको थियो। म त्यो बेला कक्षा दशमा पढ्दै थिएँ। त्यो वर्ष अरू वर्षहरूभन्दा निकै मेहनत गरेर पढ्दै थिएँ म। दस कक्षाको टेस्ट परीक्षा लाग्दै एसएलसी परीक्षाको निम्ति तयार हुनु पर्थ्यो।
टेस्ट परीक्षामा राम्रै अंक ल्याएर परीक्षामा उत्तीर्ण भइयो। केही समयपछि एसएलसी परीक्षाको मिति तय भयो। परीक्षा सेन्टर गाउँदेखि केही टाढा परेको थियो। निकै मेहनतको साथ परीक्षामा सामेल भएँ। हप्ता दस दिनमा सकियो परीक्षा। अनि फर्किएँ आफ्नै घर। घरमा पुगेर उहीँ पुरानो नियमित घरायसी काममा समर्पित गराएँ आफैले आफैलाई।
आमा खुसी हुनुहुन्थ्यो। सोध्नु हुन्थ्यो बेलाबेला, 'कस्तो भयो तिम्रो परीक्षा?'
म जवाफ दिन्थेँ, 'राम्रै भयो आमा।'
पुनः आमाले सोध्नु हुन्थ्यो, 'अब धेरै पढ्न सहर जाने होला है बाबु।'
आमाले गर्नु भएको प्रश्नको उत्तर मसँग थिएन। र त म मौन बसेर जवाफ दिन्थेँ आमालाई।
आमा भन्नु हुन्थ्यो, 'हेर बाबु, पढ्नु पर्छ जसरी भए पनि।'
आमाको यस प्रकारको कुराले मेरो मनमा दृढ सङ्कल्पको जन्म हुन्थ्यो। अनि आमालाई भन्ने गर्थेँ, 'हुन्छ आमा, जसरी भए पनि म पढ्छु अनि हजुरलाई खुसी र सुखी बनाउँछु।'
एसएलसी परीक्षा दिएको तीन महिनापछि रिजल्ट आयो। रिजल्टमा अनवरत गरेको मेहनतको रंग छाएको थियो। मभन्दा पनि आमा बेसी खुसी हुनुभएको थियो त्यो बेला।
'बाबु, तेरो बाले देखेको थोरै सपना पूरा भएको छ। सायद तेरो बा कतैबाट तैँले गरेको मेहनतको फल पाएर हामी खुसी भएको हेर्दै होलान्।'
आमाको त्यस्तो भावुक कुराले मेरो मनलाई चिमोट्ने गर्थ्यो। त्यो बेला अहिलेको जस्तो प्लस-टु अध्ययन हुँदैन थियो। सक्नेले राजधानी पठाउने गर्थे। नसक्नेले सदरमुकाम जहाँ उच्च शिक्षा हासिल गर्न मिल्ने क्याम्पसको व्यवस्था होस्। त्यसरी नै गरिन्थ्यो शिक्षाको यात्रा।
उच्च शिक्षाको निम्ति आमाले मामासँग सल्लाह गरेर मलाई काठमाडौँ पठाउने कुरा भयो। काठमाडौँ त्यति धेरै टाढा थिएन मेरो जन्म गाउँदेखि। काठमाडौँको छिमेकी जिल्लाभन्दा फरक पर्दैन काभ्रेपलान्चोकलाई।
२०५१ साल श्रावणमा काठमाडौँ भित्रिएँ, निकै ठूलो सपनाहरू बोकेर। सपनाहरूको सहर काठमाडौँमा मामाको आफन्त पर्ने कोही हुनुहुन्थ्यो। सुरुको दिनहरूमा उहाँकैमा बसेँ।
मामाको सहयोगले रत्न राज्य क्याम्पस भर्ना गरियो, बेलुकी सिफ्टको क्लासमा। बेलुकीको सिफ्टमा भर्ना गर्नुको कारण थियो, मिले अथवा पाए दिउँसो कहीँ कतै काम गर्ने हेतु।
क्लास सुरु भयो। बिस्तारै बिस्तारै सहर सहज भएको महसुस हुँदै थियो। अहिले जस्तो दूर सञ्चारको सुविधा थिएन। सम्झनामा सम्झेर मेटाउने गर्थेँ घर, आमा अनि बहिनीको याद। घर नजिकै भए पनि आउन जान असमर्थ थिएँ म, आर्थिक भारको कारण।
कलेज भर्ना गरेको केही समयपछि मामाको आफन्तले एउटा सानो काम मिलाइदिनु भयो। कमलपोखरीमा थियो मेरो काम गर्ने स्थान। बिहान नौ बजे पुगेर अफिस खोल्ने, झाडुपोछा लाउने अनि अफिसमा साहु आएपछि चिया पकाएर खुवाउने थियो मेरो काम। बेलुकी चार बजे छुटेर पढ्न गइन्थ्यो।
निकै व्यस्त थियो मेरो दिनचर्याहरू। महिनाभरि काम गर्दा आठ सय रुपैयाँ तलब पाउँथेँ। जुन तलबबाट केही छुटाएर आफन्तलाई बसेको, खाएको बापत दिने गर्थेँ।
रमाइलो थियो दिनहरू। झिलिमिली सहर, सपनाको खोजीमा भिड्दै गरेको भिड। त्यहीँ भिडमा हराउँदै गरेको म।
आइए प्रथम वर्षको पढाइ सुरु भएको दुई महिनापछि दसैँ तिहारको छुट्टी भयो। काम गर्ने प्राइभेट अफिसमा लामो छुट्टी हुँदैन रहेछ। दसैँलाई पाँच/सात दिन अनि तिहारमा तीन दिन मात्रै। काम गर्ने ठाउँले दिएको छुट्टी पछ्याउँदै दसैँमा घर आएँ। दसैँभरि घरमै आमा र बहिनीसँग समय बिताएँ। दसैँ राम्रैसँग मनाएँ। अनि पुनः फर्किएँ काठमाडौँ, उहीँ आफ्नो पहिलेको कामको साथ-साथ पढाइलाई अघि बढाउँदै।
पढाइ ठिकै राम्रो थियो। पढाइभन्दा पनि म भित्र सधैँ गुन्जने गर्थ्यो। घरको नाजुक स्थिति। आमाको अविरल मेहनत। कसरी आमालाई सुखी राख्ने भन्ने कुराको मनन।
बहिनी पनि आठ कक्षामा अध्ययनरत थिइन्। आमालाई रामैसँग सघाउन सक्ने भेसकैकी थिई।
अज्ञात छ जीवन। विचित्रको छ यात्रा जीवनको। जे सोचिरहेको हुन्छ त्यो हुँदैनन्। जे नसोचेको हुन्छ त्यो भइदिन्छ। म पनि अरू-अरु मानिसहरू जसरी नै जीवनको अनुभव अंगाल्दैं यात्रामा तल्लीन थिएँ। जीवनको यात्रामा।
म काठमाडौँ झरेको लगभग वर्ष पुग्दै थियो। काठमाडौँको प्रायः ठाउँहरूबारे पूर्ण रूपमा जानकार भैसकेको थिएँ।
चैत्र पूर्णिमा स्वयम्भू र बौद्धमा लाग्ने विशेष तामाङ जात्रा। जुन जात्रामा काठमाडौँ वरिपरिको तामाङहरू प्रायः आउने गर्छ। जात्रा सँग-सँगै परिवारमा मृत्यु भएकाहरूको नाउँमा श्राद्ध गर्ने, मृतकको नाउँमा बत्ती बाल्ने गर्दछ।
२०५१ साल चैत्र पूर्णिमाको दिन आमा काठमाडौँ आउने खबर पाएँ। आमासँगै बहिनी पनि आउने भई।
आमा आउनु भयो। स्वयम्भू र बौद्धमा बत्ती बाल्नु भयो। पितृको नाममा श्राद्ध गर्नु भयो। दुई/चार दिन बस्नु भयो। बसाइँमा काठमाडौँ घुमाएँ। मन्दिर दर्शन गर्न लगेँ। आमा खुसी हुनुभयो। विशेष गरेर हनुमान ढोका, विशाल बजार खुब मन परेको थियो आमालाई। त्यतै कतै घुम्दाघुम्दै आमाको नजर विशेष माडवारिको सारी दुकानमा ठोक्किन पुगेछ।
'हेर बाबु, कति राम्रो सारी!'
सारी हरियो र बैजनी रंगको थियो। जुन रंग आमालाई खुब मन पर्थ्यो, बाको मृत्युपछि।
मैले हो मात्रै भनेर चुपचाप आमाको मुहार हेरी बसेँ किनभने मसँग त्यो सारी किन्न सक्ने पैसा थिएन।
आमाले यस्तो राम्रो ठूलो दुकानहरू पहिलो चोटि देखेको भन्नु भयो।
आमा भन्दै हुनुहुन्थ्यो, 'बाबु चिन्ता नली, पछि पैसा कमाएपछि किनिदिए हुन्छ। अहिले नै किनिदिनु भनेको छैन। किन निन्याउरो अनुहार लगाएको?'
आमाको कुराहरू मेरो मनको पानाहरूमा शिलालेख जस्तै छापिँदै थियो। घुमघामपछि बेलुकी डेरामा फर्कियौँ। आधा रातसम्म अनेक कुराहरू गर्दै बित्यो।
भोलिपल्ट बिहानै आमा र बहिनी गाउँ फर्कनको लागि तयार हुनु भयो। मैले पुरानो बसपार्कसम्म पुर्याएँ। काठमाडौँदेखि बाह्रबिसे जाने गाडीमा चढाएँ। ओर्लनु पर्ने ठाउँसम्मको टिकट काटेर पठाएँ।
म फर्किएँ डेरामा। उहाँहरू लाग्नु भयो गाउँमा, सपनाहरूको सहर काठमाडौँको मिठो सम्झना बोकेर।
समय कुदिरहेका थियो। त्यहीँ कुदाइमा म पनि कुदिरहेका थिएँ। जिन्दगीलाई पुरानो पुरानो बनाउँदै।
म काठमाडौँ पसेको दुई वर्ष भइसकेको थियो। म एक्लै कोठा लिएर बस्न थालेको थिएँ। काम गर्ने ठाउँबाट आएको पैसाले डेरा भाडा र खान पुग्थ्यो। त्यो अन्तरालमा आइएको अध्ययन सक्काइसकेको थिएँ। तर दोस्रो वर्षको रिजल्ट भने आएको थिएन।
काम राम्रै चल्दै थियो। मेरो इमानदारिता देखेर प्रमोसन गरिदिनु भएको थियो साहुले। राम्रैसँग चल्दै थियो जिन्दगी। आमा धेरै खुसी हुनुहुन्थ्यो। छुट्टीको बेला म घर आउने जाने गर्थेँ।
जीवन पनि अजीवकै छ अथवा हुँदो रहेछ। जे जस्तोसुकै भए पनि सम्झौता गरेर जिउनु पर्ने। मेरो जीवनको सुरुआत बेसै भए पनि बालपनमा नै बालाई गुमाउनु पर्यो। के कसरी तय गर्यो बा बिनाको बालापन अहिले सम्झिँदा कहाली लागेर आउँछ। बा बिते, बाबाट पाउने माया, भरण, पोषण आमाबाट पाएँ। आमाको त्यो कठोर तपस्याले गर्दा म काठमाडौँ जस्तो सपनाको सहरमा बाँच्न सक्ने भएँ।
कति कुराहरू देउतालाई मन पर्दैन कि जस्तो लाग्छ। किनभने जो निर्दो हुन्छ त्यहीँमाथि पटक पटक परीक्षा लिँदो रहेछ जीवनको।
त्यो दिनको सम्झना ताजा छ, मेरो मानसपटलमा रहिरहन्छ होला म बाँचुन्जेलसम्म।
म सहर आएको दुई वर्षपछि अर्थात् २०५३ साल भदौ महिना सुरु भएको थियो। म काम गर्ने ठाउँमा काम गर्दै थिएँ। एक्कासि बाहिर मामा र मामाको साथी देखेँ। म अचम्मित भएँ। म बाहिर निस्किएँ। मामालाई ढोग गरेँ।
'मामा हजुर अचानक?'
मामा बोल्नु भयो, 'खासै त्यस्तो केही होइन। मेरो नि अलिअलि काम थियो सहरमा। अनि आएको बेला तिम्रो हालखबर बुझौँ भनेर आएको हो।'
मामाको कुराले मन शान्त भयो। लगत्तै सोधेँ, 'आमालाई कस्तो छ?'
'आमालाई अलि सन्चो छैन।'
आमा बिसन्चो भएको कुराले मनमा पीडा हुन थाल्यो।
मामा यत्ति कुरा गरेर फर्कनु भयो। र मलाई भन्नुभयो, 'छुट्टी मिलाएर आउनू घर।'
चाँजोपाँजो मिलाएर घर आएँ। आमा खाटमा सुतिरहेको पाएँ। बहिनी आमाको छेउमा दुखी भएर बसिरहेकी थिई।
आमालाई सोधेँ, 'के भएको तपाईंलाई?'
'खै बाबु के भएको, के भएको। ज्वरो आउँछ कहिलेकाहीँ बेस्सरी। ज्यान नराम्रोसँग दुख्छ, खान मन लाग्दैन,' आमाले भन्नुभयो, 'माथिको धामीलाई देखाको के-के जाति लागेको छ भन्दै थियो।'
भोलिपल्ट अस्पतालमा लगियो। चेकजाँच गरियो। डाक्टरले भन्नुभयो, 'ज्वरो बिग्रेर टाइफाइड भएछ। औषधि लेखेको छ। डोज पुर्याएर खानू। केही समय मुख बार्नू।'
आमालाई घर पुर्याएँ। बहिनीलाई आमाले खानु पर्ने औषधि बारे बुझाएँ अनि म काठमाडौँ फर्किएँ। आफ्नो काममा लाग्न थालेँ।
केही दिनपछि गाउँबाट खबर आयो, 'आमाको स्वास्थ्य फेरि बिग्रेको छ। घर आउनू तुरुन्त।'
म पुनः घर आएँ। आमा उहीँ सुतिरहनु भएको थियो। उहीँ पहिलेको ठाउँमा।
'आमा, के भो फेरि तपाईंलाई?'
'के हुनु बाबु, मलाई काल आएको जस्तो छ।'
'त्यसो नभन्नु आमा, सब ठिक हुन्छ।'
आमालाई फेरि अस्पताल लगियो।
डाक्टरले औषधि नियमित खाए नखाएको, मुख बारे नबारेको सोध्नु भयो।
आमा चुपचाप सुनिरहनु भयो।
डाक्टरले भन्नुभयो, केही दिन अस्पतालमा राख्नु पर्ला। स्वास्थ्य अलि जटिल छ। तपाईंको आमाले औषधि खाँदा खाँदै मदिरा सेवन गर्नु भएछ। हामीले सक्दो कोसिस गर्छु निको पार्न। डाक्टरले आश्वासन दियो हामीलाई। हामी ढुक्क भए डाक्टरको कुरामा।
केही दिनपछि आमाको डिस्चार्ज भयो। घर लगियो। सम्झाएर काठमाडौँ फर्किएँ।
दुःखको कुरा आमाले किन हो कुन्नि हामीबाट छल्दै डाक्टरले नखानु भनेको कुराहरू खानु भएछ। खानु भन्ने कुरा नखाएको कारणले बिस्तारै आमाको अवस्था नाजुक हुँदै गयो।
आमा बिमारी भएपछि म घर आउने जाने गर्न थालेँ। अहिले जस्तो मोबाइलको जमाना थिएन तत्कालै खबर बुझ्न। अलिअलि ठिक हुने, पुनः बिरामी हुने। त्यस्तो हुँदा-हुँदा २०५३ सालको फागुनमा आमाको देहावसान भयो। निहुँ ज्वरो थियो। त्यहीँ ज्वरो आमाको काल बन्यो। ज्वरो आउनुको साँच्चिकैको कारण एक प्रकारले भन्नु पर्दा पत्ता लगाउन नसकेर आमा खोसिएँ हामीबाट।
हाम्रो हैसियतले भ्याएसम्मको औषधि मुलो गरेँ। हाम्रो कोसिसलाई लत्त्याउँदै आमा सदाको निम्ति टाढा हुनुभयो।
बा बितेको आठ वर्षपछि आमाले पनि छोडेर जानुभयो। बहिनी र म फेरि अर्को पटक नराम्रोसँग टुट्यौँ।
जब जब वर्षहरूले मलाई पुरानो पुरानो बनाउँदै लाग्छ तब तब ती आलो अतीतहरू मानसपटलमा फनफनी घुमिदिन्छ।
बाले छोडेको अधुरो सपनाहरू आमाले जेनतेन पूरा गर्ने कोसिस गर्नु भयो। तर आमाले गर्नु भएको कोसिसको फल अलिकति पनि चाख्न नपाएर लाग्नु भयो उहाँ टाढा।
अहिले सम्झेर ल्याउँदा मन चरक्क चर्किन्छ। चर्केको मनभरि बा-आमाको प्रेम फुल्छ। केवल कल्पनामा।
बहिनी ठूली भई। पछि ऊ आफैले पनि दुःख गरेर पढी। हाल राम्रै जिन्दगी बिताउँदै छे।
अहिले म मेरो बा-आमाले भन्दा पनि धेरै उमेर बाँचिसकेको छु। जीवनको आधा बाटोभन्दा बेसी नै हिँडिसकेको छु।
भौतिक रूपमा बा-आमाभन्दा नि बुढो भइसकेको छु। तर मन उहीँ बाको काँध र आमाको काखमा लुटुपुटु गरिरहेको जस्तो लाग्छ।
प्रारब्धको खेल रहेछ जीवन। एउटा कथाकारको कथा रहेछ जीवन। त्यहीँ कथालाई निर्देशन गर्ने अदृश्य निर्देशकको मनमा उब्जेको निमित्त पात्र रहेछ जीवन। जीवन घोटेर पिएँ। जीवन छिलेर खाएँ। खाएँ अनेक हन्डर, सहेँ अनेक दु:खकष्ट। अझै सहदै छु। र त स्मृतिहरू बौलाएर आउँछ वर्तमानको आँगनमा।
आमाभन्दा बा पहिला बिते। बा बितेको आठ वर्षपछि आमा बित्नु भयो। आमासँगै आमाले देखेको रहरहरू टुक्रा टुक्रा भए। आमासँगै जलेर गएँ।
आमाको रहर सुन्ने प्रत्यक्षदर्शी म छु। आमा काठमाडौँ आउँदा मैले घुमाएको न्युरोड उस्तै छ। आमाले मन परेको सारी दुकान भएको ठाउँ उस्तै छ। घर नयाँ भए पनि। आमाले मन परेको भन्दा पनि राम्रा-राम्रा सारीहरू बजारभरि जताततै भेटिन्छ। त्यो बेला किन्न मन लागेर पनि किन्न नसकेको म लाचार छोरो आमाको भन्दा बुढो उमेर बोकेर हिँड्दै छु।
सबै कुरा छन्। तर सारी लाउँछु, सारी मन पर्यो, भोलिपर्सी किनिदिनू है छोरा भन्ने मान्छे छैन।
अहिले म किन्न सक्छु त्यो मात्रै होइन, त्योभन्दा धेरै राम्रो सारी। त्यो बेला आमाले मन परेको एउटा मात्रै होइन दुई/चार वटा नै किन्न। तर लगाउने मेरो आमा छैनन्। केवल छन् त स्मृतिमा। मेरो मनको भित्ता-भित्तामा।
जब हिन्दु संस्कृतिले जन्माएको मिठो तिथि मितिमा बा-आमाको मुख हेर्ने दिनहरू घुमी-घुमी आउँछ तब उहाँहरूको सम्झनाले मनलाई विक्षिप्त पार्छ। समयले घिसारेर जब मेरो आमाले बाबु त्यो सारी मन पर्यो भन्ने भूगोल पार्क नजिकैको सुन्दर पसल तिर पुग्छु तब मेरो आमाको मिठो याद मेरो ढुकढुकी बनेर मुटुभरि धड्किन्छ।