जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिमा पाँच जना मनोनीत भएका छन्।
पार्टी केन्द्रीय समितिको असार ७ र ८ गते बसेको बैठकले पाँच केन्द्रीय सदस्य मनोनीत गरेको प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए।
विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो।
शनिबार र आइबार बसेको बैठकले शशिकपुर मियां (पर्सा), श्री करिमा वेगम (पर्सा), सुधीरनाथ पाण्डे (पर्सा), कैलाश गुरूङ (रूपन्देही) र निलम यादव (रूपन्देही) लाई पार्टी केन्द्रीय समितिमा मनोनीत गरिएको उनले बताए।
