एक समयको कुरा हो, अस्तव्यस्त रहेको सहरको मुटुमा चार छिमेकी बस्थे। प्रत्येकको जीवनकोपार्जनका क्षेत्रहरू विभिन्न थिए। पहिलो जीविग्निभ नामका एक धनी व्यापारी थिए, जो आफ्नो विशाल धनको लागि परिचित थिए तर अरूसँग विरलै घुलमेल गर्थे।
दोस्रो अमीरा थिइन्, दयाले भरिएको मन भएकी तर सांसारिक सम्पत्तिको हिसाबले न्यून भएकी मध्यम उमेरकी शिक्षिका। तेस्रो ओस्टाप नामक एक युवा र महत्वाकांक्षी विद्यार्थी थिए, जो सधैं आफ्नो उज्ज्वल भविष्यको लागि पढाइमा व्यस्त रहन्छु भन्थे। अन्तमा त्यहाँ गायल, एक सेवानिवृत्त नर्स थिइन् जसले आफ्नो जीवन अरूको हेरचाहमा बिताएकी थिइन् तर अहिले एक्लै थिइन् र आफ्ना व्यस्त छिमेकीहरूको अक्सर बेवास्ता गर्थिन्।
एक रात भयंकर आँधीले त्यो सहरमा प्रहार गर्यो, जसले व्यापक विनाश निम्त्यायो। चारै छिमेकीहरूको घरमा क्षति पुगेको थियो तर जुन अमीराको नम्र निवास थियो त्यसमा बास हाल्ने ठाउँ नरहने गरी आँधीबेहरीको क्रोधको चपेटामा परेको थियो। उनको घरलाई डरलाग्दो रूपमा टुक्रा-टुक्रा पारेको थियो।
भोलिपल्ट बिहान त्यो सहरमा घाम उदाएपछि चारै छिमेकीहरू क्षतिको आकलन गर्न बाहिर निस्किए। अमीराको घरको अवस्था हेर्ने पहिलो व्यक्ति जीविग्निभ थिए। उनले मद्दत प्रस्ताव गर्ने विचार गरे। उनी एक क्षणको लागि अल्मलिए। यो मेरो पार्टीकी मान्छे हैन, यसलाई मद्दत गर्नु बेकार छ भन्दै टाउको कन्याए। अमिरालाई सघाउनुभन्दा आफ्नै विरलै क्षतिग्रस्त सम्पत्तिको बारेमा सोच्नु ठीक छ भन्दै पहिले आफ्नै घर मर्मतमा ध्यान केन्द्रित गर्न थोरै चर्किएको टिभी र झ्याल फेर्न अति आवश्यक छ, नत्र उनको गाउँमा धनीमानीको इज्जत रहन्न भन्ने सोचेर आफ्नो घरतर्फ लागे।
गायलले 'अमिरा जी तपाईंलाईं मैले पक्की घर बनाउनुहोस्, यो कच्ची झुप्रोमा कति कष्ट गर्नुहुन्छ भन्दा मेरो जीविका चलेकै छु, झुपडीमै भए पनि खुसी छु, घर ठूलो भए पनि मन खुसी भएन भने त्यो आलिशान घरको के महत्व भयो र भन्नुभाथ्यो। हेर त हरिबिजोक अब, मैले भनेको नसुन्नेलाई केही गर्न सक्दिनँ है' भन्दै आफ्नो आँधीहुरीले केही गर्न नसक्ने गरी बनाएको घर तिर लागिन्।
तर अमीरा जीविग्निभको झ्याल र टिभी देखेपछि त्यसका लागि तुरुन्तै चिन्तित भइन्। आफूसँग भएका नेपालका दुई झण्डा मध्ये, एक झण्डा मिस्टर जीविग्निभलाई दिँदै 'तपाईंको फुटेको झ्याल यसले भए पनि छोप्नुहोस्, यद्यपि, संसाधनको अभाव र आफ्नै घरमा भएको उल्लेखनीय क्षतिको कारण शक्तिहीन महसुस गरेकी छु, अहिलेलाई यति मात्र सहयोग गर्न सके' भन्दै हिचकिचाउँदै अगाडि बढिन्।
उनले आफ्नो मन बुझाउँदै 'उस्कै जस्ता आर्थिक धनीहरू एक से एक जीविग्निभको सहयोगमा आउनेछन् र सहयोग गर्नेछन्। धनीहरूलाई सहयोग गर्नेहरू त धेरै नै भेटिन्छन्। यसोउसो मार्कामा पर्ने र सहयोग नपाउने भनेका त मजस्तै आर्थिक अवस्थामा कम भएकाहरू ल हौ नि' भनेर चित्त बुझाइन्।
ओस्टापले पनि अमीराको घरको हालत देखे। आफ्नो आगामी परीक्षामा सफल हुने दबाबको बोझले उनले आफूलाई अमीराको भत्किएको घर निर्माणागर्नको लागि कुनै समय र सहयोग रकम छैन भनेर विश्वस्त तुल्याए। आफ्नो भविष्यमा ध्यान केन्द्रित गर्न आवश्यक छ सोचे। अमीराको भग्नावशेष घरबाट फर्केर उनले आफ्नो अध्ययन सामग्रीबाट के गर्न सकिन्छ, कसरी परीक्षाको तयारी गर्न सकिन्छ र आफ्नो भविष्य कसरी सुन्दर बनाउन सकिन्छ भन्ने सोचमा डुबे। ओस्टाप बसेको अपार्टमेन्टमा भने खासै केही क्षती पुगेको थिएन।
रात छिप्पिँदै जाँदा अमीरा सहयोग विहीन भएर पाल टाँगेर रात भरमा इज्जत लुटिएला कि भन्ने त्रासमा बसिन्। उनको उद्धारको आशामा बादल लाग्दै, धुमिलो हुँदै गयो। सबै छिमेकीहरू आ-आफ्ना समस्या या विचारमा हराएको देख्दा ऊ आफूलाई कौरबको जुवामा हारिएकी द्रौपदी झैं सम्झी रून कराउन थालिन्। रातमा कोही रोइरहेको आवाज सुनेर त्यो आवाज पछ्याउँदै अर्को समुदायका अपरिचितहरूको समूह अमीराकामा आइपुग्यो जसले आँधीबेहरीको बारेमा सुनेका थिए। एकता र करुणाको मूल्य बुझेका थिए।
उनीहरूले खाँचोमा परेका सबैलाई बिना भेदभाव सहयोग गर्नुपर्छ, दुःखमा परेकालाई सहयोग गर्नु नै मानव धर्म हो भन्ने बुझेका थिए। अमीराको घरको र उसको त्यो अवस्था देख्ने वित्तिकै सबै मिलेर उसको घरको स्थापना गरी उनलाई सुरक्षित गरे। उनलाई तत्काल आवश्यक खानिपन, लत्ताकपडा, र अन्य कुराहरूको व्यवस्था गरिदिए।
त्यो दृश्य निहालिरहेका जीविग्निभ, ओस्टाप र गायलले निःस्वार्थ दयाको यो कार्य देखेर विभिन्न कारण देखाइ आफूले सहयोग नगरेर ठूलो त्रुटी गरेको महसुस गरे। तिनीहरूले आफ्नो व्यस्तता, चाहे धन, व्यक्तिगत सीमितता वा भविष्यको महत्वाकांक्षाले गर्दा छिमेकीको दुःखकष्टमा आफूलाई दृष्टिविहीन बनाएको देखे। तिनीहरूको निष्क्रियताको लागि लज्जित, तिनीहरू अपरिचित तर सहयोगी समूहका मानिसहरूसँग माफी मागे र उनीहरूसँग मिलेर आज उप्रान्त आइपर्ने कुनै पनि विपत्तीमा सानो, ठूलो, धनी, गरिब, आफूलाई सुन्ने-नसुन्ने नभनी सहयोग गर्ने प्रतिवद्धता जनाए।
त्यस दिनदेखि अपरिचितहरूको दयाबाट प्रेरित चार छिमेकीहरूले आफ्नो घर मात्र होइन, एकअर्कासँगको सम्बन्धलाई पनि पुनर्निर्माण गर्न मिलेर काम गरे। उनीहरूले खाँचोमा परेकाहरूलाई सहयोग गर्न सामुदायिक कोष स्थापना गरे, विपद्को समयमा कसैलाई पनि एक्लै छोडिने छैन भनि अहोरात्र खटिए।
आँधीको यो कथा रेडियो, पत्रिकामा आउन थाल्यो। चलेका पत्रिकाहरूले यो समाचार छापेर राम्रै पैसा कमाए। यो कथा बिबिसीमा पनि बज्यो र युट्युबमा भिडिओ बन्यो। भिडिओ बनाउलेहरूले मालामाल दाम कमाए। विभिन्न भाषामा उल्था भयो, सम्पूर्ण विश्वमा भाइरल बन्यो, अनि संसारका लागि पाठ बन्यो। कथा भाइरल भएपछि त्यो गाउँका बासिन्दाहरूले पनि सुने, पत्रिकामा पढे, युट्युबमा हेरे र यसबाट बुझे कि 'समुदायको बल यसको सम्पत्ति, उमेर वा हैसियतमा होइन, तर आवश्यकताको समयमा एकअर्कालाई सहयोग गर्ने इच्छामा हुने रहेछ।'
यो घटनाबाट उनीहरूले यो पनि सिके कि 'वास्तविक द्वन्द्व विभिन्न धर्महरू, गरिब र धनीहरू, वयस्क र युवाहरू, राजनीतिक दलहरूको सोचाइ वा विकसित र विकासशील देशहरूबीच होइन, तर स्वार्थ र करुणाबीच रहेछ। परेका बेलामा एकअर्कालाई सहयोग गर्नु नै मानव धर्म रहेछ।'
पौराणीक कालमा पनि पाण्डव र कौरव विचारका कारण मनमुटाव थियो, तर पनि गन्धर्वहरूले कौरवहरूलार्इ बन्धक वनाएका बेला पाण्डवहरूले नै कौरवहरूलाई गन्धर्वहरूको बन्धनबाट मुक्ति दिलाएका थिए, सबै दुश्मनी बिर्सिएर।
त्यसैले हामीले अरूलाई मद्दत गर्दा उनीहरूको पीडालाई कम मात्र गर्दैनौं तर हामीलाई विभाजित गर्ने अदृश्य बाधाहरूलाई पनि भंग गर्छौं। एकता, समानुभूति, र पारस्परिक सम्मानको स्तम्भहरूमा बनेको समाजलाई टेवा दिन्छौँ। समुदाय दह्रो बनाउन मानव जातिले व्यक्तिगत स्वार्थ, सोच र अवस्थाबाट माथि उठेर अरू समयमा भिन्न देख्ने चक्षुभन्दा हृदयको चक्षु खोल्नुपर्छ र आपतमा पीडितलाई सबैले सकेको सहयोग गर्नुपर्छ।