Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, भदौ २, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

मलेवा

इन्द्रकुमार श्रेष्ठ सरित्

फागुन २४

डाडुपन्युँ उसकै हातमा छ
गफ उसकै ठूलो छ
गफलाई सत्य मानिदिनु पर्ने बाध्यता छ
ऊ बसेको घुम्ने मेचले यसै भन्छ

माखो मारेको देखिन्न
सिन्को भाँचेको नि देखिन्न
तर कर्मवीर उसले आफूलाई घोषणा गरिसकेको छ
मूर्खहरूको माझमा घेरिएर
ऊ भ्रमको लिस्नो उक्लिरहेको हुन्छ

नयाँ बनाउन त जानेकै छैन
पुराना सामानको जतन गर्न झन् जानेकै छैन
दुनियाँको नजरमा अचाडु
ऊ-
हाँगामा बसेर फेद काटिरहेको पत्तै छैन
अकर्मण्यहरूको झुण्ड बोकेर
हेर ऊ वैतरणी तर्न तयार छ

अरुले बनाइदिएको घरको धुरी चढेर
अग्लिएको भ्रम पाल्छ
साराको पालनकर्ता त म नै हुँ भन्ने
आत्मश्लाघाको लिउनले लेपिएर
दैनंदिन पतनको भासमा धसिरहेको हुन्छ

दास बनेर पाउ पखाल्छ
ख्वामित् हजुर भन्दै
स्वाभिमान र आत्मसम्मान बन्धकी राख्छ
लाछीहरूको सभामा आफू सुरवीर भएको घोषणा गर्छ
दास बन्ने मानसिकताले
उसलाई दासहरूकै झुण्ड प्यारो लाग्छ

जाडोमा घाम ताप्न नजान्ने
वर्षामा घुम तानेर ओढ्न नजान्ने नयाँ कालिदास
मलेवाले बिस्कुन सखाप पारिसक्दा पनि
मलेवा धपाउने होस छैन-
ज्ञान छैन-
सबैथोक भए पनि
दास मानसिकता भएको
मन मुटुमा आँट पटक्कै छैन।

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १७:५५
सिफारिस
विपिनका परिवारको साथमा सरकार छ: प्रधानमन्त्री ओली
विपिनका परिवारको साथमा सरकार छ: प्रधानमन्त्री ओली
बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो
बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो
नेपालीहरूको ज्यान लिइरहेको विषाक्त मदिरा कहाँबाट आउँछ कुवेतमा?
नेपालीहरूको ज्यान लिइरहेको विषाक्त मदिरा कहाँबाट आउँछ कुवेतमा?
५ वर्षमा ७ हजार ५६४ जना बालिकामाथि बलात्कार, धेरै आफन्तबाटै
५ वर्षमा ७ हजार ५६४ जना बालिकामाथि बलात्कार, धेरै आफन्तबाटै
डिस्चार्ज भइसकेका कैदीहरू अझै किन छन् अस्पतालमा?
डिस्चार्ज भइसकेका कैदीहरू अझै किन छन् अस्पतालमा?
सिंहदरबारमा प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता
सिंहदरबारमा प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता
ठूला करदाताले बुझाउने राजस्वमा २२ प्रतिशतको सुधार, कारोबार बढ्यो
ठूला करदाताले बुझाउने राजस्वमा २२ प्रतिशतको सुधार, कारोबार बढ्यो
चार्ज गर्न बिजुली नचाहिने टोयोटाको हाइब्रिड कार, कति पर्छ मूल्य?
चार्ज गर्न बिजुली नचाहिने टोयोटाको हाइब्रिड कार, कति पर्छ मूल्य?
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

जुनुको संघर्ष!
अविवाहित वडा सचिवको दर्ता नभएको प्रेम!
तिम्रो पत्र लेख्ने जुक्तिले मलाई शाखा प्रबन्धक बनायो!
सिकरकटेरीदेखि ओकिनावासम्म!
एउटा कालिगड!
गाउँको माया र बदलिएको मन!

विचार

अनिल पोखरेल
थेग्रिनी व्यवस्थापन नगरे 'नेपालकै शोक' बन्न सक्छ कोशी! अनिल पोखरेल
जीवन क्षेत्री
सन्तानलाई डाक्टरी पढाउने? यी ५ कुरा थाहा नभए पछुताउनु पर्ला! जीवन क्षेत्री
नारायण वाग्ले
शंकर पोखरेलको सही प्रश्न नारायण वाग्ले
राजन पाण्डे
ती विद्यार्थी सम्झिँदा म आज पनि नतमस्तक हुन्छु राजन पाण्डे

ब्लग

पूजा ढुंगाना
जीवनको मजा आफू स्वस्थ हुँदा मात्र हो! पूजा ढुंगाना
लक्ष्मीधर गुरागाईं
आमाको शरीर चिसो भएपछि मात्र पुगेँ... लक्ष्मीधर गुरागाईं
अनिता कोइराला
सैयारा सिन्ड्रोम! अनिता कोइराला
सञ्जीव पोखरेल
'लेखेर राख्नुस्– ४० कटेपछि तपाईं पनि धर्मकर्ममा लाग्नुहुनेछ!' सञ्जीव पोखरेल

साहित्यपाटी

अर्जुन कोन्दा
जुनुको संघर्ष! अर्जुन कोन्दा
भरत आचार्य
अविवाहित वडा सचिवको दर्ता नभएको प्रेम! भरत आचार्य
बिक्रम गुरुङ
तिम्रो पत्र लेख्ने जुक्तिले मलाई शाखा प्रबन्धक बनायो! बिक्रम गुरुङ
रामचन्द्र अधिकारी
सिकरकटेरीदेखि ओकिनावासम्म! रामचन्द्र अधिकारी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP