दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा आउँछन्।
यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जदेखि करिब ४५ किमी दूरीमा गुलरिया नगरपालिका–२ खैरापुरमा छ।
कृष्णसार संरक्षण क्षेत्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी, सार्क र विदेशका गरी ४ हजार ६ सय पर्यटकले कृष्णसार अवलोकन गरेका थिए।
यस आर्थिक वर्षमा भने वर्षातको मौसमका कारण पर्यटक कम आएका बताइएको छ। पर्यटकहरू दिनभर अवलोकन गरेपछि बर्दिया निकुञ्जमा रहेका होटेलमा फर्किने गर्छन्।
सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ।
जस अनुसार विदेशीलाई २ हजार, सार्क राष्ट्रबाट आएका पर्यटकलाई ५ सय र नेपालीलाई सय रुपैयाँ रहेको छ। हाल कृष्णसार संरक्षण क्षेत्रमा २ सय ४८ वटा कृष्णसार छन्।
सरकारले २०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो।
यसको क्षेत्रफल १६.९५ वर्ग किलोमिटर रहेको छ। कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग कि.मि. र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग कि.मि. रहेको छ।
कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ। त्यसैले आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने गर्दछ। यिनीहरूको निरन्तर अवलोकन गरी संख्या अद्यावधिक गर्ने गरिएको छ।
कृष्णसार संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा आवश्यक भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कार्यहरू भैरहेका छन्। संरक्षण क्षेत्र व्यवस्थापन योजना बनाई भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको छ।
तस्बिरहरूः
-ink-1762147463.jpeg)
-ink-1762147462.jpeg)
-ink-1762147462.jpeg)
-ink-1762147461.jpeg)
-ink-1762147461.jpeg)
-ink-1762147460.jpeg)
-ink-1762147460.jpeg)
-ink-1762147459.jpeg)
-ink-1762147459.jpeg)
-ink-1762147458.jpeg)
-ink-1762147458.jpeg)
-ink-1762147457.jpeg)
-ink-1762147457.jpeg)
-ink-1762147456.jpeg)
-ink-1762147456.jpeg)
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी