नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ २४ गतेको आन्दोलनका क्रममा बबरमहलस्थित प्रधान कार्यालय र देशभरका नागरिक उड्डयन कार्यालयहरूमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा कार्यालयका सामग्री हराएको वा चोरी भएको जनाएको छ।
प्राधिकरणले हराइएका/चोरी भएका सामानमा टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, प्रिन्टर, मोनिटर, ल्यापटप, हेडसेट, फर्निचर लगायत समावेश रहेको जनाएको छ।
प्राधिकरणले घटनास्थलका सिसिटिभी फुटेजमार्फत तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्य भइरहेको उल्लेख गरेको छ।
‘यदि कसैले उक्त सामग्रीहरू कार्यालय वा मातहतका कार्यालयहरूबाट लिएको वा प्राप्त गरेको भए तत्काल जिल्ला प्रहरी परिसर, काठमाडौं वा प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा सामान बुझाउन अथवा मातहत कार्यालयको हकमा सो कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सामान फिर्ता गर्न अनुरोध गरिएको छ, प्राधिकरणको सूचनामा भनिएको छ।’
फिर्ता नदिएको अवस्थामा प्राधिकरणले कानुनी कारबाही गरिने चेतावनी दिएको छ।