नेपालीहरूको महान चाड दसैं तिहारलाई लक्षित गरी चितवनको सौराहामा रहेको जंगल सफारी लजले 'दसैं तिहार सौराहामा' योजना ल्याएको छ।
असोज १५ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने यस योजना अन्तर्गत नेपाली पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १३ हजार रूपैयाँमा सौराहा घुम्न पाउनेछन्।
यस प्याकेजमा सहभागी हुनेले वेल कम ड्रिक्न्स, दुई रातको लागि सुपर डिल्क्स कोठा, दुई वटा लन्च, दुई वटा डिनर, ब्रेकफास्ट सहित जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारू नाच अवलोकन, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्।
जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेका अनुसार यो प्याकेज अन्तर्गत आउने पर्यटकले सौराहामा रहेको क्याफे दी सफारीमा एउटा कफीको कुपन समेत पाउँनेछन्।
'कोभिडपछि विस्तारै गति लिँदै गएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको महत्त्व धेरै रहेकोले आन्तरिक पर्यटकलाई घुम्न जोड दिन यो अफर ल्याएका हौं,' उनले भने, 'यो अफर प्राप्त गर्न कम्तीमा दुई जना हुन पर्नेछ।'
५ वर्ष मुनिका लागि नि:शुल्क छ। त्यस्तै ५-१० वर्षको हकमा २५ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ।
विगत एक दशकदेखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउने गरेको घिमिरेले बताए।
'सफल पनि भयौं त्यसैले हरेक वर्ष पनि निरन्तरता दिँदै छौं,' उनले थप भने, 'जंगल सफारी लजले दसैं तिहारको समयमा विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा र आवसिय प्याजेजमा समेत विशेष छुट दिइरहेको छ।'