श्रीलंकन एयरलाइन्सले साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेको छ।
एयरलाइन्सले 'लिडिङ इन्टरनेसनल एयरलाइन्स साउथ एसिया' का रूपमा साटा अवार्ड पाएको हो।
श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्सले ४५ वर्षदेखि ५९ राष्ट्रका ११३ गन्तव्यहरूमा सिधा तथा नेटवर्किङ उडान गर्दै आइरहेको छ।
देशको एकमात्र व्यावसायिक उड्डयन कम्पनी भएको श्रीलंकन एयरलाइन्सले विगत ३ वर्षदेखि काठमाडौं-कोलम्बो सिधा उडान गर्दै आइरहेको छ।
एयरलाइन्सले हाल आइतबारदेखि शुक्रबारसम्म साताको पाँच उडान गरिरहेको छ।