लुम्बिनी प्रदेशको पर्यटन प्रबर्द्धनका लागि पर्यटन दूत नियुक्त गरिने भएको छ।
प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अवैतनिक पर्यटन दूत नियुक्त गर्ने निर्णय गरेको हो। लुम्बिनीमा पहिलोपटक पर्यटन दूत नियुक्त गर्न लागिएको हो।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले छ यो निर्णयले प्रदेशको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।
कस्ता व्यक्तिलाई पर्यटन दूत बनाउने भन्ने विषयबारे कार्यविधि बन्दै गरेको पनि मन्त्री न्यौपानेले जानकारी दिए।
विशेषगरी लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रका बारेमा जानकारी भएका व्यक्तिहरूलाई दूत नियुक्त गरिने तयारी छ।
यसैगरी लुम्बिनीको पर्यटन विकासका लागि गठन भएको पर्यटन विकास परिषदको ऐन तयार गर्न मन्त्रालयले प्रक्रिया अगाडि बढाउने र परिषदको बैठकमा तीन पटक वा त्यो भन्दा बढि बैठकमा सहभागी नहुने मनोनित सदस्यहरुलाई परिषदका अध्यक्ष (मन्त्री) ले हटाउन सक्ने निर्णय समेत गरिएको छ।