नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए-३३० विमान मर्मतपछि आज (बिहीबार) काठमाडौं आइपुगेको छ।
गत असार ८ मा विमानको विस्तृत परीक्षण (सी-चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए-३३० (अन्नपूर्ण) विमान बिहीबार बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौं अवतरण गरेको छ।
यो सँगै लामो दुरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने निगमले जनाएको छ।