भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे मंगलबार भारत प्रस्थान गरेका छन्।
बुधबारबाट नयाँ दिल्लीमा सुरू हुने एसिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ।
सो सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।
एसिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।