गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु क्षेत्र जाने पर्यटकबाट शुल्क लिने निर्णय गरेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र अध्यागमन विभागले उठाउने पदयात्रा शुल्क गाउँपालिकालाई प्राप्त नभएकोले गाउँपालिकाले आर्थिक ऐन २०८१ अनुसार पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले मनास्लु क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ र नेपाली नागरिकबाट प्रतिव्यक्ति शुल्क दुई सय रुपैयाँ शुल्क उठाउने निर्णय भएको जानकारीसहितको पत्र जिल्ला, प्रदेश र संघीय सरकार मातहतका निकायलाई पठाएका छन्।
गाउँपालिकाले भदौ २० गते जनप्रतिनिधि, राजनीतिक दलहरू, पर्यटन व्यवसायी र सरोकारवालाबीच छलफल गरेर शुल्क लिने निर्णय गरेको भन्दै भदौ २१ गते विभिन्न निकायमा बोधार्थ दिइएको गाउँपालिकाले जनाएको छ।
पर्यटकबाट लिइने शुल्कबाट मनास्लु क्षेत्रको पर्यटन र वातावरण संरक्षणका लागि लगानी गरिने पनि गाउँपालिकाले जनाएको छ।
यस्तो छ निर्णय जानकारी गराइएको पत्र;