यती एयरलाइन्समा यात्रा गर्ने यात्रुहरूको संख्यामा उल्लेख्यनीय वृद्धि भएको छ।
जनवरी–जुलाई २०२४ को तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुहरूको संख्यामा एक लाख १२ हजार ४६ जनाले वृद्धि भएको हो।
जसमा, १०५ प्रतिशत विदेशी यात्रुहरू बढेका छन् भने पोखरा सेक्टरमा सबैभन्दा धेरै यात्रुहरूले उडान गरेको यती एयरलाइन्सले जनाएको छ।
'एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई पार्टनरको रूपमा भित्र्याएसँगै गत माघमा २ वटा एटिआर–७२ जहाज थप्यौं। जहाज थपेसँगै हामीले उडान सेवालाई थप सुरक्षित बनाउँदै सबै गन्तव्यहरूमा उडान संख्या पनि बढाएका हौं।उल्लेख्य संख्यामा यात्रुहरूको वृद्धिले हामी निकै उत्साहित भएका छौं। अब थप आक्रामक ढंगले बजार विस्तार गर्ने योजनामा छौं,' यतीका चिफ बिजनेस अफिसर युवराज विष्टले भने।
'हवाई यात्रा सुरक्षित बनाउनुका साथै यात्रालाई आरामदायी बनाउने उद्देश्यले गत जुन महिनादेखि यात्रुहरूलाई फ्लाइटमा चकलेट, पिनट्स र जुस पनि प्रदान गरिरहेका छौं। यात्रुहरूबाट एकदमै सकारात्मक प्रतिक्रिया आइरहेको छ, जसले हामीलाई थप ऊर्जा दिएको छ,' उनले थपे।
हाल यतीका ७ वटा एटिआर जहाजहरू रहेका छन्।
यतीले भद्रपुर, विराटनगार, सिमरा, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज लगायतका गन्तव्यहरूमा उडान गर्नुका साथै पर्वतीय उडान (माउन्टेन फ्लाइट) सेवा सञ्चालन गर्दै आइरहेको छ।
यस्तै, दसैंका लागि पनि बुकिङ पनि खुला गरिसकेको एयरलाइन्सले जनाएको छ।