इन्जिनियर प्रभाकर चन्द्र मल्लिकले नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा प्रमुखको जिम्मा पाएका छन्।
प्राधिकरणको बोर्ड बैठकले गत शुक्रबार मल्लिकलाई उडान सुरक्षा प्रमुखको जिम्मा दिएको हो।
उनी यसअघि 'एयरवर्दी नेस' महाशाखाको प्रमुख थिए।
मल्लिकले यसअघि कस्मिक एयर, सीता एयर, एमिरेट्स एयरमा एरोनोटिकल इन्जिनियरको रूपमा काम गरिसकेका छन्।
प्राधिकरणको उडान सुरक्षा प्रमुखमा यसअघि मुकुल मिश्र थिए। मिश्र अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विभागीय प्रमुखमा सरूवा भएर गएका छन्।