संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दुर्लभ पद नठानेको बताएका छन्।
बिहीबार अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा दुई उडान दुर्घटनाका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
'मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेको छैन। म आफ्नो ईमान र मेहेनतको भरमा काम गरिरहेको छुँ,' पाण्डेले भने।
उनले अहिले मन्त्रालय मातहतका वेथिती र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको दाबी गरे।
हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको उनले बताएका छन्।
यो समयमा हवाइ सुरक्षाको लागि गर्नुपर्ने काममा केन्द्रित हुने उनले बताएका छन्।